काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित र २ मा बराबरी गरेको थियो । यमन र ताजकिस्तानको समान ६ अंक छ । अंक तालिकाको पुछारमा रहेको नेपाल र फिलिपिन्सबीच आज हुने खेल सुरु हुने समय, लाइभ हेर्ने तरिका लगायतका सम्पूर्ण जानकारी पाउनुहोस् ।
सम्पूर्ण जानकारी
खेल : नेपाल विरुद्ध फिलिपिन्स
प्रतियोगिता : एएफसी एसियन कप छनोट चरण
स्थान : सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम मैदान
खेल हुने मिती : नभेम्बेर १४ , २०१७
खेल हुने मिति : २०७४ कात्तिक २७ गते, मंगलबार
खेल सुरु हुने समय : आज २ बजे
लाइभ कसरी हेर्ने
खेलको प्रत्यक्ष प्रसारण एपिवोन एचडी टिभीले गर्नेछ । खेल आनलाईन माइकुजुमा पनि हेर्न सकिनेछ ।