8 years ago
November 13, 2017
मिलान (एजेन्सी) – विश्वकपको प्ले अफ अन्तर्गत आज चार पटकको विश्व विजेता इटाली स्विडेनसँग भिड्दै छ । मिलानको गुइसेप मेजा स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ ।
स्विडेनको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । त्यसैले आज बराबरी वा पराजय भोगेको अवस्थामा इटाली सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन असफल हुने छ ।
इटालीका लागि मिडफिल्डर मार्को भेराट्टि यस खेलमा प्रतिबन्धित छन् भने डिफेन्डर लियोनार्डो बोनुचीको नाक भाचिए पनि अनुहारमा मास्क लगाएर खेल्ने छन् । सिमोने जाजा पनि घाइते रहेकाले खेलमा नखेल्न सक्छन् ।
त्यस्तै स्विडेनका लागि डिफेन्डर मिकाएल लुस्टिग पछिल्लो खेलमा प्रतिबन्धित थिए तर आजको खेलमा भने उनी फर्किने छन् । त्यसैगरी पछिल्लो खेलमा निर्णायक गोल गरेका जाकोब जोहान्सनले पनि सुरुवाती ११ मा स्थान पाउने देखिन्छ ।
इटालीको घरेलु मैदानमा स्विडेनले उसलाई पछिल्लो ५ खेलमा जित्न सकेको छैन । तर आज बराबरी पर्याप्त हुने भएकाले स्विडेनले रक्षात्मक खेल पस्किने अनुमान लगाउन सकिन्छ ।
स्विडेनले फ्रान्स रहेको समूहमा नेदरल्यान्ड्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाउन सफल भएको थियो । इटाली भने आफ्नो समूहमा स्पेनसँग पछि पर्दै प्ले अफमा धकेलिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]