default_image

8 years ago

November 14, 2017

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

99 views

0 Bookmark

मिलान (एजेन्सी) – चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ ।

स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै इटाली सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

खेलभरी स्विडेन निकै रक्षात्मक रुपमा उपस्थित भएको थियो । खेलको अन्तिमतिर परिवर्तित खेलाडिको राम्रो प्रहार स्विडेनका गोलकिपरले बचाऊ पनि गरेका थिए । स्ट्राइकर सिरो इम्मोबिलले पनि थुप्रै अवसर पाउँदा तिनको सदुपयोग भने गर्न सकेनन् ।

स्विडेन २००६ यता विश्वकपमा छनोट भएको यो पहिलो पटक हो । यसै गरी विश्व फुटबलका उत्कृष्ट गोलकिपर जियानलुइजी बुफ्फोनको अन्तर्राष्ट्रिय करियर पनि समाप्त भएको छ । उनका साथै ड्यानियल डे रोस्सी, अन्द्रे बार्जागाली र जर्जियो केलेनीले पनि सन्न्यास लिने देखिन्छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.