8 years ago
November 14, 2017
मस्को (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज अर्जेन्टिना नाइजेरियाको सामना गर्दै छ । रुसको क्रास्नोडार स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने छ ।
नाइजेरियाले गत महिना जाम्बियाविरुद्ध १-० को जितसँगै विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै लियोनल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले इक्वाडोरलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
आज भने मेस्सीलाई अर्जेन्टिनाले विश्राम दिने छ । अर्जेन्टिनाले आफ्नो पछिल्लो खेलमा सर्जियो अगुएरोको निर्णायक गोलमा रुसलाई १-० ले पराजित गरेको थियो ।
नाइजेरियाका लागि कप्तान जोन ओबि मिकेल टोलीमा फर्कँदै छन् । शुक्रबार खेलिएको मैत्रीपूर्ण खेलमा नाइजेरियाले अल्जेरियासँग १-१ को बराबरी खेलेको थियो । यी दुई राष्ट्र बीच खेलिएको सन् २०१४ को पछिल्लो खेलमा अर्जेन्टिना ३-२ ले विजयी भएको थियो ।
त्यस्तै आज राति २.३० बजे पोर्चुगल अमेरिका (युएसए)को सामना गर्ने छ । पोर्चुगलले पनि आफ्नो मुख्य खेलाडि क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको छ । यी दुई बीचको पछिल्लो दुई खेलमा अमेरिकाको एक जित छ तथा एक बराबरी रहेको छ ।
यस पटक अमेरिका विश्वकपमा छनोट हुन असफल रह्यो भने युरोपियन विजेता पोर्चुगल युरोपको समूह बीको विजेता बन्दै छनोट भएको हो ।
आज खेलिने मैत्रीपूर्ण खेलहरुको तालिका:
कतार विरुद्ध आइसल्यान्ड – १०.१५ बजे
स्लोभाकिया विरुद्ध नर्वे – १०.४५ बजे
रुस विरुद्ध स्पेन – १२.३० बजे
रोमानिया विरुद्ध नेदरल्यान्ड्स – १२.४५ बजे
हंगेरी विरुद्ध कोस्टा रिका – १ बजे
अल्जेरिया विरुद्ध सेन्ट्रल अफ्रिकन रिपब्लिक – १.१५ बजे
बेल्जियम विरुद्ध जापान – १.३० बजे
जर्मनी विरुद्ध फ्रान्स – १.३० बजे
अष्ट्रिया विरुद्ध उरुग्वे – १.३० बजे
वेल्स विरुद्ध पानामा – १.३० बजे
इङ्ग्ल्यान्ड विरुद्ध ब्राजिल – १.४५ बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]