8 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले अहिले घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । सन्यासको घोषणा गरिसकेका अनिल पहिलो रोजाईमा परेनन् ।
चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो ।
समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित र २ मा बराबरी गरेको थियो । यमन र ताजकिस्तानको समान ६ अंक छ ।
नेपालको सुरुवाती ११ : किरण चेम्जोङ; विराज महर्जन, अनन्त तमाङ, कमल श्रेष्ठ; सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, विमल घर्ती मगर, विक्रम लामा; भरत खवास
सम्पूर्ण जानकारी
प्रतियोगिता : एएफसी एसियन कप छनोट चरण
स्थान : सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम मैदान
खेल हुने मिति : २०७४ कात्तिक २७ गते, मंगलबार
खेल सुरु हुने समय : आज २ बजे
लाइभ कसरी हेर्ने
खेलको प्रत्यक्ष प्रसारण एपिवोन एचडी टिभीले गर्नेछ । खेल आनलाईन माइकुजुमा पनि हेर्न सकिनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]