8 years ago
November 14, 2017
एएफसी एसियन कप छनोट
नेपालविरुद्ध फिलिपिन्स
खेल स्थान : एन्फा कम्प्लेक्स, सातदोबाटो’एस्ट्रो टर्फ’
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल अहिले एन्फा कम्पलेक्स सातदोबाटोमा चलिरहेको छ । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित र २ मा बराबरी गरेको थियो । यमन र ताजकिस्तानको समान ६ अंक छ । अंक तालिकाको पुछारमा रहेको नेपाल र फिलिपिन्सबीच आज हुने खेल सुरु हुने समय, लाइभ हेर्ने तरिका लगायतका सम्पूर्ण जानकारी पाउनुहोस् ।
९०’ खेल समाप्त! खेल गोलरहित बराबरीमै सकिएको छ । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यसरी नेपाल र फिलिपिन्सले १-१ अंक बाँडेका छन् ।
८१’ सुजलको ठाँउमा अनिल मैदान प्रवेश गरेका छन् । राष्टिय टोलीबाट अनिलको यो अन्तिम खेल हुनेछ । यो उनको खेल जीवनको ५० औं अन्तर्राष्ट्यि खेल हो ०-०
७८’ नवयुगको प्रहार विपक्षी रक्षकलाई ठोक्किएर फर्केपछि विमलको प्रहार फस्ट बारबाट बाहिरियो । खेलको अवस्था ०-०
७६’ औं मिनेटमा गोलकिपर किरणको ठाँउमा विकेश कुथु मैदान प्रवेश गरेका छन् । ६१ औं मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किदा किरणलाई चोट लागेपछि बहिरिएका हुन् । खेलको अवस्था ०-०
७०’ वान भर्सेस माइक ओटले अघि बढाएको बल पेनाल्टी बक्समा भित्रबाट अनन्तले क्लियर गरे । खेलको अवस्था ०-०
६४ ‘भरतको ठाँउमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका छन् । खेलको अवस्था ०-०
५९’ आफैले हान्नुपर्ने बल अन्जनले भरतलाई पास दिदा अफ साइड भएको छ । खेलको अवस्था ०-०
५४’ भरत खवासले पहेलो कार्ड पाएका छन् । खेल गोलरहित बराबरीकै अवस्थामा
दोस्रो हाफ सुरु भएको छ
३५’सन्यासको घोषणा गरका अनिल गुरुङले आज खेल्ने मौका पाउलान्, यदि पाए भने यो उनको ५० औं अन्तर्राष्ट्रिय खेल हुनेछ, सन् २००७ मा विश्व कप छनोट अन्तर्गत ओमानसँगको खेलमार्फत अनिलले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । खेल गोलरहित बराबरीमा अघि बढिरहेको छ ।
३२’ मा फिलिपिन्सका फिलिप योङ हसबेन्डले पेनाल्टी बक्स बाहिरिबाट गरेको प्रहारलाई रोहित चन्दले रोके
२५’ फिलिपिन्सविरुद्धको पहिलो खेलमा रातो कार्ड पाएका विक्रम आज पहिलो रोजाईमा छन् ।
२०’ आइन रामसेको क्रसको कार्लोस डी मुर्गाको हेडिङ क्रसबारको थोरै माथिबाट बाहिर
१५’ मिनेटसम्म खेलमा गोलरहित बराबरी, दर्शकको उपस्थिति न्यून
नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, विराज महर्जन, अनन्त तमाङ, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, विमल घर्ती मगर, विक्रम लामा, भरत खवास
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]