default_image

8 years ago

November 14, 2017

नेपाल र फिलिपिन्सबीचको पहिलो हाफमा गोलरहित बराबरी

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र फिलिपिन्सबीचको एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

समूह एको शीर्षस्थानमा रहेको फिलिपिन्सले केही अवसर पाएर पनि गोलको खाता खोल्न सकेको छैन । खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । यस अघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । त्यो खेलमा रातो कार्ड पाएका विक्रम लामा आज पहिलो रोजाइमा परेका छन् ।

तर, यहि खेलमार्फत अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका अनिल गुरुङ पहिलो रोजाइमा छैनन् । त्यस्तै अस्ट्रेलियाबाट बोलाइएका जगजित श्रेष्ठ पनि पहिलो रोजाइमा पर्न सकेनन् । हिजो प्रि म्याच कन्फ्रेन्समा जगजितलाई आफुले नबोलाएको भनेपछि उनको खेल्ने सम्भावना न्यून छ । मुख्य प्रशिक्षक ग्यातुको कोजीलेले जगजितका बारेमा एन्फालाई सोध्न भन्दै सञ्चारकर्मीलाई जवाफ दिएका थिए । जगजितले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बोलाएर आएको बताएका थिए ।

माल्दिभ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्नै आएका रोहित चन्द भने पहिलो रोजाइमा छन् । त्यस्तै फिलिपिन्सविरुद्ध १ मात्र गोल गर्ने विशाल राई पनि पहिलो रोजाइमा अटाएका छन् । अहिले सम्म नेपालले छनोटमा ९ गोल खाएको छ भने ३ गोल गर्न सकेको छ । अर्को गोल नेपालका लागि विमल घर्तीमगरले ताजकिस्तानविरुद्ध यहि सातदोबाटोको मैदानमा गरेका थिए ।

छनोटमा खेलेका यसअघिका ४ खेलमा नेपालले फिलिपिन्सविरुद्ध १ तथा ताजकिस्तानविरुद्धको २ खेल गुमाइसकेको छ । अर्को खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपन्सको ८ अंक छ भने यमन र ताजकिस्तानको समान ६ अंक तथा नेपालको १ अंक छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.