8 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले घरेलु मैदानमा अर्को उच्च प्रदर्शन गर्ने क्रममा एएफसी एसियन कप छनोट चरणको खेलमा फिलिपिन्सलाई गोलरहित बराबरी रोकेको छ ।
चैतमा घरेलु मैदानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो । चार वर्षअघि जोर्डनसँग भएको विश्व कप छनोटको पहिलो लेगमा ९–० को हार बेहोरेको नेपालले घरेलु मैदानमा १–१ को बराबरी गरेको थियो ।
यसपटक नेपाललाई हराउँदै अन्तिम खेलअघि नै फिलिपिन्स एसियन कपको अन्तिम चरणमा छनोट हुने दाउमा थियो । तर, नेपालले फिलिपिन्सका हरेक आक्रमणलाई निस्तेज पारेपछि टोलीले छनोटका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । छनोट चरणबाट बाहिरिसकेको नेपालले पनि आफ्नो खातामा २ अंक जोडेको छ । यसअघि फिलिपिन्स र ताजकिस्तानसँग २ खेल हारेको नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो ।
फिलिपिन्सविरुद्धको गोलरहित बराबरी जत्ति सम्झन लायक थियो, त्यति नै कप्तान अनिल गुरुङको अन्तिम खेलको रुपमा पनि स्मरणनिय रह्यो । दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनलाई अनिलले विट मारेका छन् । ८१ औं मिनेटमा सुजल श्रेष्ठको ठाँउमा मैदान प्रवेश गर्दै अनिलले ५० क्याप पुरा गरेका थिए । सन् २००७ मा ओमानविरुद्ध विश्व कप छनोटको खेलमार्फत अनिलले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।
खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । त्यो खेलमा रातो कार्ड पाएका विक्रम लामा आज पहिलो रोजाइमा परेका छन् । अस्ट्रेलियाबाट बोलाइएका जगजित श्रेष्ठले खेल्ने मौका पाएनन् । हिजो प्रि म्याच कन्फ्रेन्समा जगजितलाई मुख्य प्रशिक्षक ग्यातुको कोजीले आफुले नबोलाएको भनेपछि उनको खेल्ने सम्भावना न्यून थियो । उनले जगजितका बारेमा एन्फालाई सोध्न भन्दै सञ्चारकर्मीलाई जवाफ दिएका थिए ।
जगजितले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बलाएर आएको बताएका थिए । माल्दिभ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्नै आएका रोहित चन्द भने पहिलो रोजाइमा थिए । त्यस्तै फिलिपिन्सविरुद्ध १ मात्र गोल गर्ने विशाल राई पनि पहिलो रोजाइमा अटाएका थिए । अहिले सम्म नेपालले छनोटमा ९ गोल खाएको छ भने २ गोल गर्न सकेको छ । अर्को गोल नेपालका लागि विमल घर्तीमगरले ताजकिस्तानविरुद्ध यहि सातदोबाटोको मैदानमा गरेका थिए ।आजको नतिजापछि फिलिपन्सको ९ अंक छ भने यमन र ताजकिस्तानको समान ६ अंक तथा नेपालको २ अंक छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]