default_image

8 years ago

November 14, 2017

इङ्ग्ल्यान्ड ब्राजिलसँग भिड्दै, जर्मनी फ्रान्सको सामना गर्दै

130 views

0 Bookmark

लण्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज विश्व फुटबलका दुई बलिया राष्ट्र इङ्ग्ल्यान्ड र ब्राजिल एकआपसमा भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्ब्ली स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ ।


इङ्ग्ल्यान्डले आफ्नो पछिल्लो मैत्रीपूर्ण खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो भने ब्राजिलले जापानलाई ३-१ ले हराएको थियो । यी दुईबीच खेलिएको सन् २०१३ को पछिल्लो खेल २-२ को बराबरीमा सकिएको थियो ।

इङ्ग्ल्यान्डका लागि थुप्रै खेलाडिहरु घाइते रहेका छन् । उसका मुख्य स्ट्राइकर ह्यारी केन तथा मिडफिल्डर डेले अल्ली र डिफेन्डर फिल जोन्स घाइते रहेका छन् । डिफेन्डर ग्यारी केहिल सामान्य घाइते रहे पनि यस खेलमा भने सुरु गर्न सक्ने छन् ।

त्यस्तै पछिल्लो खेलमा चोटका कारण ब्राजिलका फिलिप कौटिन्हो खेलेका थिएनन् । आज भने अग्रपंक्तिमा ग्याब्रियल जेसस र नेयमारलाई साथ दिन कौटिन्हो टोलीमा फर्किने देखिन्छ ।

यसै गरी विश्वकपको दाबेदार मानिएका अर्का दुई टोली जर्मनी र फ्रान्स पनि सोहि समयमा भिड्दै छन् । जर्मनीले इङ्ग्ल्यान्डसँगको खेलभन्दा फरक टोली खेलाउने देखिन्छ ।

फ्रान्सका लागि भने स्ट्राइकर ओलिभर जिरुड घाइते छन् । त्यसैले म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियालले उनको ठाउँमा स्थान पाउन सक्छन् । फ्रान्सका गोलकिपर ह्युगो लोरिस पनि घाइते रहेका छन् ।

पछिल्लो मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई २-० ले हराएको थियो । फ्रान्स र जर्मनी बीच खेलिएको पछिल्लो दुई खेलमा दुवै खेल फ्रान्स २-० को अन्तरले विजयी रहेको थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.