8 years ago
November 15, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले काटालान क्लबसँग नँया सम्झौता गरिसकेको ला लिगा अध्यक्ष जाभियर टेबासले खुलासा गरेका छन् । मेस्सीको भविष्यलाई लिएर चर्चा चल्दै गर्दा टेबासले भने अनुसार क्लब र खेलाडी बीच नयाँ सम्झौता भइसकेपनि सार्वजनिक गरिएको छैन ।
‘मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गरिसकेका छन् ,’ अध्यक्ष टेबासले युरोपा प्रेसको एक संचार कार्यक्रममा भने,‘ मेरो जानकारी अनुसार उनी क्लबसँग नँया सम्झौतामा छन् । क्लब र खेलाडी बीच सम्झौता भएपछि त्यसलाई आधिकारिक मानिन्छ , आधिकारिक हुनलाई सार्वजनिक नै हुनु पर्छ भन्ने छैन । मलाई झुठ बोलिएको होइन भने मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौता भइसकेको छ । ’
मेस्सीको बार्सिलोनासँगको सम्झौता अर्को सिजन सकिने भएकोले उनले गरेको ढिलाईका कारण विभिन्न संचार माध्यमहरुले उनले क्लब छाड्न चाहेको बताउँदै आएका छन् । यसअघि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमाउले क्लब र उनी सम्झौता नजिक रहेको संकेत दिएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]