8 years ago
November 14, 2017
सबिन शेर्मा
दमक– रमपम झापा ११ ले दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सानदार सुरुआत गर्ने क्रममा आज उद्घाटन खेलमा पोखरा ११ लाई ५–० ले पराजित गरेको छ । जितसँगै झापा सेमिफाइनलमा पुगेको छ । झापाको जितमा स्ट्राइकर कर्ण लिम्बूले २, गिल्सन कन्दङ्वा, विशाल राई र विदेशी खेलाडी अजयी मार्टिनले समान १ गोल गरे ।
पहिलो हाफमा ३ गोल गर्दै झापाले खेलमा बलियो पकड बनाएको थियो । मार्टिनले १२ औं मिनेटमा पहिलो गोल गरेका थिए । विशालको पासमा मार्टिनले सेकेण्ड बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । कर्णले १७ औं मिनेटमा वान टचमा गोल गरे । कप्तान योगेश गुरुङले दिएको क्रसमा पोखराका गोलकिपर दीप कार्की अगाडी बढेको अवस्थामा कर्णले वन टचमा गोल गरेका हुन् । १९ औं मिनेटमा विशालले गोल थपे ।
पेनाल्टी बक्स नजिकबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको ५१ औं मिनेटमा मिडफिल्डर गिल्सन कन्दङ्वाले टोलीका लागि चौथो गोल गरे । उनले गोलकिपर दीप बिट भएको अवस्थामा मैदानको मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । ७१ औं मिनेटमा कर्णले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौ गोल गरे ।
पोखराले गोल फर्काउने पाएका सबै अवसरहरु खेर फालेका थिए । उसले पहिलो हाफमा प्रहार गरेको एक मात्र सट गोल पोष्टमाथिबाट बाहिरिएको थियो । ५५ औं मिनेटमा किरण थापामगरले पेनाल्टी बक्स नजिकबाट गरेको प्रहार झापाका गोलकिपर किशोर गिरीले पन्च गर्दै जोगाए । दोस्रो हाफमा प्राप्त पेनाल्टी पनि पोखराले गोलमा परिणत गर्न सकेन । कप्तान बिष्णु गुरुङले पेनाल्टी बाहिरिएको थियो ।
झापाका कप्तान योगेश म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ । गोल्डकपमा ६ ‘ए’ डिभिजन, एक विदेशी र आयोजकसहित १० टोलीको सहभागिता छ ।
सताक्षी गोल्ड कपमा बुधबारको खेल
नेपाल एपिएफविरुद्ध डाइमण्ड अफ फुटबल एकेडेमी, मध्य प्रदेश (भारत)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]