8 years ago
November 15, 2017
म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडले यसै जनवरी ट्रान्सफरमा नँया गोलकिपर भित्राउने प्रयास सुरु गरेको छ । स्पेनिस समाचार श्रोत मार्साका अनुसार रियलले यसै जनवरी विन्डोमा एथलेटिक क्लबका किपर केपा अरिजबालागालाई भित्राउने प्रयास गर्नेछ ।
बिल्बावोसँग सम्झौता नविकरण गर्न ढिलाई गरिरहेको समयमा रियलले केपालाई भित्राउने सम्भावनामा अध्ययन गरिरहेको मार्साले बताएको हो । २३ वर्षे स्पेनिस गोलकिपर केपाले बिल्बावोसँग यसै जनवरी अघि नँया सम्झौता नगरेमा उनले क्लब छाड्ने लगभग पक्का हुनेछ ।
उनको हालको सम्झौता अनुसार सन् २०१८ जुन सम्म बिल्बावोमा अनुबन्धित रहेपनि २० मिलियनको मात्र रिलिज क्लज रहेका कारण केपालाई रियलले भित्राउने प्रयास गर्ने अनुमान गरिएको छ ।
केलोर नाभासलाई रियलको पहिलो रोजाईको स्थानमा प्रतिस्पर्धा दिन रियलले केपालाई भित्राउन प्रयास गर्नेछ । करिब दुई साता अघि केपाको एजेन्टले एथलेटिक बिल्बावोसँग भेटघाट गरेपनि दुई पक्ष बीच सम्झौता हुन सकेन । रियल यो स्थितिको सदुपयोग गर्ने तयारीमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]