default_image

8 years ago

November 14, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेण्डस् क्लब चन्द्रागिरीमा मंगलबारबाट शुरु भएको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । नैकापस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै फ्रेण्डस्  अन्तिम चारमा पुगेको हो ।

फ्रेण्डस् को जितमा धिरज श्रेष्ठले ह्याट्रिक पूरा गरे । अफ्रिकी मुलका लावलले अर्काे एक गोल थपे । आयोजक ब्राइट युथ क्लबको लागि कप्तान समिर कार्की र साहिल रानाले गोल गरे । एक गोल आयोजकले उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको १७ औं मिनेटमा धिरजले गोल गरे ।

दोस्रो हाफको सुरुमा ब्राइट युथका कप्तान समिरले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ५२ औं मिनेटमा धिरजले गोल गरेपछि फ्रेण्डसले खेलमा फेरि अग्रता लियो । लगत्तै ब्राइट युथको प्रहार रोक्न खोज्दा हुदमुलमा फ्रेण्डसका खेलाडीले आफ्नै पोष्टमा गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

७० औं मिनेटमा धिरजले ह्याट्रिक गोल गर्दा खेलमा फ्रेण्ड्सले पुनः अग्रता बनायो । ७२ औं मिनेटमा ब्राइटका साहिल रानाले गोल गरेपछि खेल ३–३ गोलको स्थितिमा थप रोमाञ्चक बनेको थियो । त्यसको एक मिनेट नबित्दै विदेशी खेलाडी लावलले गोल गरेपछि फ्रेण्डसले फेरि खेलमा अग्रता बनायो र खेल जित्यो । धिरज श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए र ३ हजार रुपैयाँ प्राप्त गरे ।

नकआउटका आधारमा हुने प्रतियोगितामा बुधबार समूह ‘बी’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोलीले फाइनलमा खेल्नेछ । समूह ‘ए’ मा ब्राइट युथ, फ्रेन्ड्स, पुलिस र संकटा छन् । आर्मी, जावलाखेल, हिमालयन र एपिएफ समूह ‘बी’ मा छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । आयोजकले सहभागी टोलीलाई तयारी वापत ३० हजार रुपैयाँ प्रदान गरेको छ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.