default_image

8 years ago

November 15, 2017

नाइजेरियासँग अर्जेन्टिना पराजित

130 views

0 Bookmark

मस्को (एजेन्सी) – अर्जेन्टिनासँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नाइजेरियाले मैत्रीपूर्ण खेलमा ४-२ को जित हासिल गरेको छ । नाइजेरियाको जितमा आर्सनलका २१ वर्षीय युवा फरवार्ड एलेक्स इवोबीले दुई गोल गरे ।

Argentina loss

लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिनाले खेलको २८ औं मिनेटमा एभर बानेगाको गोलमा अग्रता लियो । खेलको ३६ औं मिनेटमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले अर्जेन्टिनाको अग्रता दोब्बर गरेपनि लेस्टरका स्ट्राइकर केलेची इनाचोले पहिलो हाफको अन्त्य अघि नाइजेरियाको पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

दोस्रो हाफमा इवोबीले ५२ औं मिनेटमा बराबरी गोल गरे भने दुइ मिनेट पछि ब्राइन इडोवुले नाइजेरियालाई खेलमा पहिलो पटक अग्रता दिलाए । इवोबीले ७३ औं मिनेटमा गोल गर्दै नाइजेरियाको जित सुनिश्चित गरे ।

अर्जेन्टिना नाइजेरियासँग पराजित भएको यो दोस्रो पटक हो । सन् २०११ मा पनि नाइजेरियाले अर्जेन्टिनामाथि आश्चर्यजनक किसिमले ४-१ को जित दर्ता गरेको थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.