default_image

8 years ago

November 15, 2017

रुस विश्वकप – ३२ मध्ये ३० राष्ट्रको स्थान सुरक्षित

129 views

0 Bookmark

मस्को (एजेन्सी) – रुस विश्व कपमा युरोपेली प्लेअफद्वारा थप राष्ट्रले स्थान सुरक्षित गरेसँगै २०१८ मा सहभागी ३२ मध्ये ३० राष्ट्रको छिनोफानो भइसकेको छ । आयोजकको हकमा रुस र छनोट चरण पार गर्दै अन्य २९ देशले महासंग्राममा स्थान पक्का गरिसकेका छन् ।

Brasil Global Tour - Brazil v Argentina

यी हुन् छनोट भएका ३० राष्ट्र :

अर्जेन्टिना , ब्राजिल , जर्मनी , बेल्जियम , कोलम्बिया , कोस्टा रिका , क्रोएसिया , डेनमार्क , इजिप्ट , इङ्ल्यान्ड , फ्रान्स , आइसल्यान्ड , इरान , जापान , मेक्सिको , मोरोक्को , नाइजेरिया , पानामा , पोल्यान्ड , पोर्चुगल , साउदी अरेबिया , सेनेगल , सर्बिया , दक्षिण कोरिया , स्पेन , स्विडेन , स्विजरल्यान्ड , ट्युनेसिया , उरुग्वे , रुस (आयोजक)

छनोट नभएका परिचित राष्ट्र :

चार पटकको विजेता इटाली प्लेअफमा स्विडेनसँग पराजित भएपछि १९५८ पछि पहिलो पटक विश्वकपमा सहभागी हुन असफल भएको हो । त्यस्तै २०१४ को तेस्रो स्थानमा रहेको नेदर्ल्यान्ड्सले पनि अन्तिम ३२ मा स्थान बनाउन सकेन । दुई पटकको कोपा अमेरिका विजेता चिली र उत्तरको विजेता अमेरिका पनि छनोट हुन सकेनन् । अफ्रिका तर्फ भने अफ्रिकन कप अफ नेसन्स विजेता क्यामरुनले पनि यसपटक विश्व कपमा स्थान बनाउन सकेन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.