8 years ago
November 15, 2017
मस्को (एजेन्सी) – नाइजेरियासँगको गए राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरोलाई खेलपछि सावधानी अपनाउँदै अस्पताल लगिएको थियो ।
खेलको ३६ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गरेका अग्वेरो दोस्रो हाफको सुरुआत देखि मैदान बाहिर रहे । उनलाई रिंगटा लागेको कारण निकालिएको अर्जेन्टिनी प्रशिक्षक जोर्ज साम्पोलीले खेल पछि बताए ।
गत सेप्टेमबरमा कार दुर्घटनामा परेका अग्वेरोलाई साबधानी अपनाउँदै सामान्य जाँचका लागि अस्पताल लगिएको म्यानचेस्टर सिटीले जनाएको हो । ‘अग्वेरो बेहोस भएका हैनन् , साबधानी अपनाउँदै उनलाई अस्पताल लगिएको हो ‘ , सिटीले सार्वजनिक गरेको प्रेस वक्तव्यमा लेखिएको छ । उनी अस्पतालबाट फर्किसकेका छन् र हाल टोलीका अन्य खेलाडीसँगै होटलमा छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]