8 years ago
November 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सुमन भोम्जन मेमोरियल स्मृति हेटौडा आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस पहिलो साता आयोजना हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले प्रतियोगिता पुस ८ गते १५ गतेसम्म हेटौंडामा आयोजना हुने बुधबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बायाँबाट क्रमश :प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, प्रतियोगिता संयोजक विशाल घोष र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य ।
प्रतियोगितामा ‘ए’ डिभिजनका तीन विभागीयसहित ६ टोली, एक आयोजक तथा भुटान र भारतमध्येको एक टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी गराए ।प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, दास्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
टुबोर्ग र रेडबुलले मुख्य प्रायोजन रहेको प्रतियोगितालाई टाटा सुमो गोल्डले सह प्रायोजन गरेको छ । मुख्य प्रायोजक टुबोर्ग र रेडबुलले नदग र जन्सी गरि करिब २५ लाख र सह प्रायोजकले झन्डै १२ लाख रुपैयाँ उपलब्ध गराउने प्रतियोगिता संयोजक विशाल घोषले जनाकारी दिए । गत वर्ष त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।
स्वर्गिय खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान स्थापना भएको वर्षदेखि गोल्ड कप आयोजना हुँदै आएको छ । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष समेत रहेका गोरखापत्रमा कार्यरत रहँदा भोम्जनको २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प परि मृत्यु भएको थियो । वीर अस्पताल नजिक रहेको भोम्जन बस्दै आएको घर भत्किएपछि उनी त्यसमा परेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]