8 years ago
November 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब राजधानीमाजारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफााइनल पुगेको छ । नैकापस्थित खेल मैदानमा आज टाइब्रेकरमा अर्को ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई ५–३ ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो ।
निर्धारित र थप समयमा पनि गोलरहित बराबरीमा टुंगिएपनि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । आर्मीको दोस्रो रोजाईका गोलरक्षक गान्दिप खड्काले एउटा पेनाल्टी रोकेपछि आर्मीको जित निश्चित बनेको थियो । पेनाल्टीमा आर्मीका कप्तान हिरण्य मगर, राजीव गुरुङ, एरिक विष्ट, दिनेश कार्की र रुपेश क्षत्रीले गोल गरे ।
जावलाखेलका राम थापामगर, सिदिवे र असिम थापाले गोल गरे । सुरज ठकुरीको प्रहार गोलरक्षक गान्दिपले राके । यू–१९ टोलीका ४ खेलाडी समेटेर खेलेको आर्मीले समयमा पाएको केही मौकाहरु खेर फालेको थियो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको जावलाखेलले पाएको मौका उपयोग गर्न सकेन ।
पहिलो रोजाईका गोलकिपर महेश्वर श्रेष्ठ दोस्रो हाफमा घाइते भएपछि ६३ औं मिनेटमा गान्दिप मैदान प्रवेश गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए र ३ हजार रुपैयाँ प्राप्त गरे । ब्राइट युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
चन्द्रागिरि गोल्ड कपमा बिहीबारको खेल
नेपाल पुलिसविरुद्ध सिएमजी क्लब संकटा
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]