8 years ago
November 15, 2017
अर्जुन कार्की
बागलुङ–अन्तर स्कुल स्तरीय चिल्ड्रेन लाइफ फुटबल कप प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलको ‘निलो’ टोलीले जितेको छ । सिदार्थ शिक्षा सदनलाई आज फाइनलमा २–० ले हराउँदै चिन्ड्रेन लाइफले उपाधि जितेको हो ।
६० मिनेटको खेलमा मनोज थापाको गोलमा चिल्ड्रेनले १६ औं मिनेटमा अग्रता लिएको थियो । आयोजक टोलीका लागि ४३ औं मिनेटमा अर्को गोल थपे । नारायण कुँवरले गोल गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।
विजेता टोलीले उपाधिसहित २५ हजार, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलसम्म पुगेका अमर आदर्श आवासिय मावि र युनिभर्सल सवलायम एकेडेमिले समान ५ हजा रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १५ विद्यालयका १६ टोलीको सहभागिता थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]