default_image

8 years ago

November 15, 2017

हन्डुरसविरुद्ध जितसँगै अष्ट्रेलिया विश्वकपमा छनोट

81 views

0 Bookmark

सिड्नी (एजेन्सी) – विश्वकपको अन्तर-महादेशीय छनोट खेलअन्तर्गत अष्ट्रेलियाले हन्डुरसलाई ३-१ ले हराउँदै रुस विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । अष्ट्रेलियाका लागि पूर्व प्रिमियर लिग खेलाडि मिल जेडिनाकले दुई गोल गरे ।

हन्डुरसमा खेलिएको पहिलो लेग गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै अष्ट्रेलिया सहज जित दर्ता गर्न सफल रह्यो । खेलको ५३ औं मिनेटमा जेडिनाकको फ्रिक हेनरी फिगेरोआलाई लागेर आत्मघाती गोल भएको थियो ।

त्यस्तै ७२ औं मिनेटमा हन्डुरसका ब्रायन अकोस्टाले बक्सभित्र ह्यान्डबल गर्दा घरेलु टोलीले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई जेडिनाकले गोलमा परिणत गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए ।

यसै गरी ८५ औं मिनेटमा पाएको पेनाल्टीमा जेडिनाकले फेरी गोल गर्दै स्कोर ३-० बनाएका थिए । होन्डुरसका लागि अन्तिम मिनेटतिर अल्बर्थ एलिसले एक सान्तवना गोल गर्न सफल भएका थिए ।

यस जितसँगै अष्ट्रेलिया विश्वकपमा छनोट हुने ३१ औं राष्ट्र बनेको छ । यस अघि अर्को वर्षको रुस विश्वकपका लागि ३० राष्ट्र छनोट भइसकेका थिए । अष्ट्रेलिया सन् २००६ देखि लगातार विश्वकपमा स्थान बनाउन सफल भइराखेको छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.