default_image

8 years ago

November 15, 2017

‘काउटिन्होका लागि बार्सिलोना उपयुक्त’ – रोनाल्डिन्हो

87 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व सुपर स्टार रोनाल्डिन्होले लिभरपुलका फिलिपे काउटिन्हो पूर्व क्लबका लागि उपयुक्त हुने भएको बताएका छन् । यो सिजन पटक पटकको प्रयासपछि पनि बार्सिलोना काउटिन्होलाई भित्राउन असफल भएको थियो । यद्दपी बार्सिलोनाले अझै पनि उनलाई लिन प्रयास थाल्ने बताइएको छ ।

रोनाल्डिन्होले आफु ब्राजिलियन काउटिन्होलार्ई बार्सिलोनाको जर्सीमा हेर्न उत्साहित भएको बताएका छन् । ‘त्यस्तो प्रतिभावान खेलाडीलाई आफुले वर्षो लगाएको जर्सीमा हेर्न पाउदा मलाई निकै खुसी लाग्ने छ ’ रोनाल्डिन्होले भने, ‘उनी जसरी खेल्छन् त्यो बार्सिलोनाका लागि उपयुक्त छ । त्यस्ता खेलाडीलाई बार्सिलोनाको जर्सीमा हेर्दा खुसी लाग्नेछ । जुन स्तरमा उनी फुटबल खेल्छन् मलाई लाग्छ त्यसले अर्को वर्ष हुने विश्व कपमा ब्राजिललाई फाइदा पुग्नेछ ।’

अझै पनि बार्सिलोना जाने आशा पालेका काउटिन्होले अहिले भने लिभरपुलमै केन्द्रित हुने बताएका छन् । उनले विश्व कपका विषयमा पनि सोचेको बताएका छन् । उनी अझै आफ्नो खेलमा सुधार गर्न चाहन्छन् । उनी सम्मिलित ब्राजिलले मंगलबार इङ्ल्यान्डसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यसअघि उनले चोटका कारण लिभरपुलका तीन खेल गुमाएका थिए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.