8 years ago
November 16, 2017
लिमा (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र पेरुले रुसमा हुने २०१८ विश्वकपमा स्थान बनाएको छ । अन्तर महादेशीय प्लेअफमा न्यूजिल्याण्डलाई दोस्रो लेगमा २–० ले पराजित गर्दै पेरु विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
न्यूजिल्याण्डमा खेलिएको पहिलो लेग गोलरहित बराबरीमा सकिए पनि पेरुले आफ्नो घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो । आज भएको खेलमा पेरुलाई जिताउन जेफरसन फर्फान र क्रिष्टियन रामोसले गोल गरे ।
२८ औं मिनेटमा फर्फानले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६५ औं मिनेटमा रामोसले गोल गर्दै पेरुको जित सुनिश्चित गरे । खेलभरी न्युजिल्यान्डले पनि केही मौका पाएको थियो तर तिनको सदुपयोग भने गर्न सकेन ।
जितसँगै पेरु सन् १९८२ पछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । यससँगै पेरु विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र पनि बनेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]