8 years ago
November 16, 2017
मस्को (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र पेरु ३२ औं टोलीको रुपमा विश्वकपमा छनोट भएपछि रुसमा अर्काे वर्ष आयोजना हुने विश्वकप २०१८ को सबै ३२ राष्ट्रको छिनोफानो भएको छ ।
विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर-महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको खेल सकिएसँगै विश्वकप खेल्ने ३२ राष्ट्रको तय भएको हो ।
विश्वकपमा यसपटक युरोपबाट सबैभन्दा धेरै १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट हुन सफल भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो ।
यस पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन भने सकेन ।
विश्वकपमा छनोट भएका राष्ट्रः
युरोपः रुस, जर्मनी, इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन
एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया
दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु
अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया
उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पानामा
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]