8 years ago
November 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय नेपाल पुलिस क्लब र सिमएजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा दिउँसो २ बजेपछि शुरु हुनेछ ।
संकटा र पुलिसको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमा गरिएको छ । घरेलु फुटबलमा सफल इतिहास बोकेको पुलिस पछिल्लो केही वर्ष यता भने केही कमजोर रहँदै आएको छ । अर्को तर्फ सिएमजी क्लब संकटाले भने केही वर्षयता उच्च प्रदर्शन गरिरहेकोा छ । गत वर्ष मात्र संकटाले मोफसलका अधिकांश नकआउट फुटबल प्रतियोगितामा भाग लिएको थियो ।
संकटाले अघिल्लो सिजन तीन उपाधि जित्दै घरेलु फुटबलमा मनाङपछि आफुलाई अब्बल सावित गरेका थिए । संकटा एक साता अघि नवलपरासीको कोल्हुवामा सकिएको राइनो संराक्षण गोल्डकपको समेत च्याम्पियन हो । आजको खेल जित्ने टोली समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गर्नेछ ।
पुलिस र संकटा बीचको विजेताले फाइनल प्रवेशका लागि फ्रेण्डस क्लबको सामना गर्नेछ । फ्रेण्डसले यसअघि आयोजक ब्राइट युथ क्लबलाई ४–३ को गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । अर्को समूहबाट त्रिभुवन आर्मी सेमिफाइनलपुगेको छ । आर्मीले बिहिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो ।
ब्राइट युथ क्लब नैकापको आयोजनामा भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ तथा हरेक खेलको ‘म्यान अफ दि म्याच’ ले ३ हजार रुपैयाँ पाउनेछन् । मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाको युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]