default_image

8 years ago

November 16, 2017

सिएमजी संकटा चन्द्रागिरी गोल्डकपको अन्तिम चारमा

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा राजधानीमा जारी चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै संकटाले अन्तिम चारमा स्थान बनाएको हो ।


संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका थिए । खेल सुरु भएको ७ मिनेट भित्र २ गोलको अग्रतालाई जोगाउँदै संकटाले वर्षको दोस्रो उपाधिको यात्रालाई अघि बढाएको हो । संकटाका लागि अफ्रिकी मुलका फ्लोरेन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे । संकटाले वर्षको पहिलो उपाधिका रुपमा गत साता नवलपरासीको कोल्हुवामा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

पाँचौं मिनेटमा फ्लोरेन्सले हेडगोलमार्फत संकटालाई सुरुआती अग्रता दिलाएका थिए । फ्लोरेन्सले अमित तामाङको कर्नर बललाई हेड गरेका थिए । त्यसको दुई मिनेट पछि मार्टिन्सले बाइ साइकिल किकबाट गोल गर्दै अग्रता दोब्बर पारे । गोलमा फर्कने अवसर सदुपयोग गर्न नक्सदा घरलु फुटबलको सफल टोली मध्येको एक पुलिस पहिलो खेलबाटै बाहिरीएको छ ।

२३ औं मिनेटमा पुुलिसका अभिषेक रिजालले गोल गर्न सकेनन् । ३२ औं मिनेटमा रवि पासवानले पनि गोल गर्ने मौका खेर फाले । ३६औं र ४४ औं मिनेटमा अभिषेकले मौका पाए, तर गोल गर्न सकेनन् । संकटाका मार्टिन्सले ३४ औं मिनेटमा गोलअन्तर बढाउने मौका खेल फाले । ४२ औं मिनेटमा संकटाका अमितको फ्रिकिक क्रसबारमा लागेर फर्कियो ।

४८ औं मिनेटमा गोलकर्ता मार्टिन्स वान भर्सेस वानमा गोल गर्नबाट चुके । ८८ औं अमित तामाङको फ्रिकिक निराजन खड्काले भेट्टाउन सकेन ।संकटाका फ्लोरेन्स म्यान अफ दि म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ जिते । संकटाले शनिबार सेमिफाइनलमा अर्को ए डिभिजन क्लब फ्रेण्डस् क्लबको सामना गर्नेछ ।

फ्रेण्डसले आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । त्रिभुवन आर्मी क्लब हिजो सेमिफाइनल पुगेको थियो । आर्मीले जावलाखेल युथ क्लबलाई टाइब्रकेरमा ५–३ ले हराएको थियो । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेका छन् । प्रतियोगिता मंसिर ५ गते सकिनेछ ।

चन्द्रागिरी गोल्ड कपमा शुक्रबार
हिमालयन शेर्पाविरुद्ध एपिएफ

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.