default_image

8 years ago

November 16, 2017

आयोजकको जितमा विमलको २ गोल

115 views

0 Bookmark

सबिन शेर्मा
झापा – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरले २ गोल गरेको खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब विजयी हुँदै टुबोर्ग दोस्रो सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

झिलझिलेमा जारी प्रतियोगितामा आज काठमाडौंको चर्च ब्वाइज क्लबलाई ३–० ले हराउँदै सतासिधाम अन्तिम चारमा पुगेको हो । टोलीका लागि अर्को गोल राष्ट्रिय टोलीका अर्का सदस्य सुनिल बलले गरेका थिए । तीनै गोल दोस्रो हाफमा भएको थियो । तिर्थ बस्नेको पासमा विमलले ४९ औं मिनेटमा पहिलो गोल गरे । सुनिलले ७२ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरे । खेल सकिन ११ मिनेट बाँकी रहँदा विमलले अर्को गोल थपेका थिए ।

दुई दिनअघि फिलिपिन्सविरुद्धको एसियन कप छनोट खेलमा पुरा समय खेलका विमल म्यान अफ दी म्याच घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे ।प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ । गोल्डकपमा ६ ‘ए’ डिभिजन, एक विदेशी र आयोजकसहित १० टोलीको सहभागिता छ ।

सताक्षी गोल्ड कपमा शुक्रबारको खेल
मोरङ ११ विरुद्ध रुपन्देही ११

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.