8 years ago
November 16, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोसबीच पछिल्लो समय तिक्तता बढ्दै गएपछि क्लबको ड्रेसिङ रुममा विभाजन उत्पन्न भएको र सहकर्मीहरु पनि अलमलमा परेको बताइएको छ ।
सिजनको सुरुआतमा केही खेलाडीले क्लब छोडेसँगै रोनाल्डोको महत्त्व कम हुँदै गएको र रामोसको पक्षमा माहोल बन्दै गएकोमा उनी खुसी नरहेको एक्स्प्रेसको समाचारमा उल्लेख छ । रोनाल्डोका पोर्चुगिज सहकर्मी पेपे र फाबियो कोन्ट्राउले क्लब छाडेका थिए भने अर्का नजिकका साथी हामेस रोड्रिग्वेज लोनमा बायर्न म्युनिख गएका थिए ।
स्पेनिस राष्ट्रिय टोलीका समेत कप्तान रहेका रामोसले युवा खेलाडीहरुको निकै आदर र साथ पाएको बताइएको छ । जसमा नाचो, डानी कार्भाजाल, मार्को एसिन्सियो, इस्को, डानी केबालोस लगायत छन् । नेयमारलाई क्लबमा भित्र्याउने प्रयासमा रामोस पनि सकारात्मक देखिएपछि रोनाल्डो उनीसँग थप चिढिएको उल्लेख गरिएको छ ।
नेयमार रियलमा आएको खण्डमा रोनाल्डोको टोलीमा महत्त्व घट्ने र टोलीमा ठाउँँ सुरक्षित नरहने पनि अनुमान गर्न सकिन्छ । रियल यस सिजन राम्रो लयमा रहेको छैन । कमजोर सुरुआत गरेको रियल ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि रहेको छ भने च्याम्पियन्स लिगको पछिल्लो खेलमा टोटेनह्यामसँग पराजित भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]