default_image

8 years ago

November 17, 2017

‘७ सन्तान र त्यति नै ब्यालन डी’ओर चाहान्छु ‘ – रोनाल्डो

111 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– गत साता चौथो सन्तानको पिता बनेका रोनाल्डो व्यक्तिगत अन्य अवार्ड प्रति त्यति चिन्तित छैनन् । तर, उनी ७ वटा ब्यालन डी’ओर अवार्ड र ७ सन्तानको पिता बन्न चाहान्छन् ।

ronaldo

फ्रानेस्ली मिडिया एल्इक्विपसँग रोनाल्डोले व्यक्तिगत अवार्डमा चासो गर्न छाडेको बताए । चार पटकका ब्यालन डी’ओर विजेता रोनाल्डो आफुले परिवारलाई धेरै प्राथमिकता दिन थालेको बताउन थालेका छन् ।

‘म करिब ३३ वर्षको भै सके , त्यसैले अब व्यक्तिगत अवार्डप्रति मेरो मोह घटेको छ , फुटबल मात्र अब मेरो संसार हैन , अन्य जिम्मेवारी बढेका छन्’, रोनाल्डोले भने , ‘ब्यालन डी’ओरलाई लिएर मा चिन्तित छैन , पाचौं पटक जित्नेमा म विश्वस्त छु ।’

उनले सन्तान र ब्यालन डी’ ओरप्रतिको आफ्नो मोह भने लुकाउन चाहेनन् । ‘म सात सन्तान चाहान्छु र त्यती नै ब्यालन डी’ओर जित्न चाहान्छु, उनले भने,‘ मैले खेलेसम्म सबै जित्न सक्ने सफलता पाउनेमा म आशावादी छु । ’

अर्कोतर्फ रियलको प्रदर्शनलाई लिएर आफु चिन्तित नरहेको पनि रोनाल्डोले प्रष्ट पारेका छन् । ‘अहिले हामीले केहि अंक गुमाएपनि सिजनको सुरुआत तिर भएकाले म चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनको विश्वास छ,‘ च्याम्पियन्स लिगमा प्रदर्शन राम्रो भइरहेको छ । ला लिगामा पनि पनि हामी लयमा फर्कन्छौं । ’

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.