default_image

8 years ago

November 17, 2017

हिमालयन शेर्पा सेमिफाइनलमा, हेमनको २ गोल

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालय शेर्पा राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको खेलमा एपिएफको ‘बी’ टिमलाई ३–० ले हराउँदै अन्तिम चारमा पुगेको हो । 

हिमालेनको जितमा राष्ट्रिय टोलीका सदस्य हेमन गुरुङ २ र अफ्रिकी मुलका पियुष हेनरीले १ गोल गरे । हिमालयनले फाइनल प्रवेशका लागि अर्को विभागिय टोली त्रिभुवन आर्मीको बी टोलीको सामना गर्नेछ । आर्मी र एपिएफको सिनियर टोली भने झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा शनिबार भिड्दैछन् ।

हेमनले पहिलो गोल १४ औं मिनेटमा गरेका थिए । पेनाल्टी बक्समा बाहिरबाट शसक्त प्रहार गर्दा एपिएफका गोलकिपर अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएनन् । खेलमा पछि परेपछि एपिएफले सुधारिएको प्रदर्शन गरेको थियो । तर, गोल फर्काउनका सकेन ।

हेमनले ७४ औं मिनेटमा अर्को गोल थपे । राष्ट्रिय टोलीका अर्का सदस्य मान बहादुर तामाङको पासमा विपक्षीका ती रक्षकलाई विट गर्दै हेमनले गोल गरेका थिए । त्यो बेला एपिएफका गोलकिपर अमृत अघि बढिसकेकालाई गोल गर्न हेमनलाई थप सहज भएको थियो ।
खेल सकिन तीन मिनेट बाँकी रहँदा रक्षापक्ति र गोलकिपरको तालमेल नमिल्दा हेनरीले गोल थप्दै जित निश्चित पारे ।

एपिएफले केही मौका खेल फालेको थियो । टोलीका आशिष लामाले ५० औं मिनेटमा मौका पाए, तर गोल गर्न सकेनन् । ५२ औं मिनेट विक्की लामाले पनि अवसरको उपयोग गर्न सकेनन् । ६१ औं मिनेटमा एपिएफका सुनिल लामाको फ्रिकिक यू–१९ का कप्तान गोलकिपर अपर्ण कार्कीले पन्च गरे ।

खेल सकिन ४ मिनेट बाँकी रहँदा सुनिलले अर्को आक्रमण गरे त्यसलाई पनि अपर्णले सफल हुन दिएनन् । हिमालयनका मानले दुई पटक गोलको अवसर पाए , तर सफल भएनन् । ५३ औं मिनेटमा उनको प्रहारर्लाइ विपक्षी रक्षकले रोके भने ७० औं मिनेटमा पाएको मौका उनले खेर फाले । ब्राइट युथ क्लबको आयोजनामा जारी प्रतियागितामा शनिबार पहिलो सेमिफाइनलमा ए डिभिजन टोली फ्रेन्ड्स र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन् । फाइनल मंसिर ५ गते हुनेछ ।

चन्द्रागिरी गोल्ड कपको पहिलो सेमिफाइनल शनिबार

फ्रेण्डस र सिएमजी संकटा

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.