default_image

8 years ago

November 17, 2017

रुपन्देही सताक्षी गोल्डकपको क्वार्टरफाइनल, अब मनाङसँग भिड्ने

115 views

0 Bookmark

सबिन शेर्मा

झापा – रुपन्देही ११ दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । झिलझिलेमा आज मोरङ ११ लाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम आठमा पुगेको हो । अब रुपन्देहीले सेमिफाइनल प्रवेशका लागि आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ ।


रुपन्देहीको जितमा अफ्रिकी मुलका आबाले २ गोल र अर्को गोल विजयी धिमालले गरेका थिए । तर खेलमा सुरुआती अग्रता बने मोरङले लिएको थियो । खेलको १५ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै मोरङलाई अघि बढाएका थिए । पहिलो हाफको अग्रतालाई जोगाउन टोली असफल भयो ।

४७ औं मिनेटमा आबाले बराबरी गोल फर्काए । उनले रुपेश केसीको पासमा गोल गरेका थिए । ७४ औं मिनेटमा आबाले नै अर्को गोल गरे । दास्रो गोलमा अमर डंगोलले पास मिलाइदिएका थिए । इन्जुरी समयमा विजयको गोलमा आबाले पास दिएका थिए । म्यान अफ दी म्याच घोषित आबाले १० हजार रुपैयाँ प्राप्त गरे ।

सताक्षी धाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा ११ र आयोजक टोली सेमिफाइनल पुगिसकेका छन् । एपिएफ र आर्मीको विजेताले सेमिफाइनलमा झापाको सामना गर्नेछ । त्यस्तै रुपन्देही र मनाङको विजेताले आयोजक सताक्षीधामसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ ।

सताक्षी गोल्ड कपमा शनिबारको क्वार्टरफाइनल
एपिएफविरुद्ध आर्मी

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.