default_image

8 years ago

November 17, 2017

प्रधान सेनापति कपमा विभागिय टोलीको दबदबा

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता विजयी सुरुआत गरेका छन् । दुवै विभागिय टोली जितसँगै क्वार्टरफाइनल पुगेका छन् । भद्रकालीस्थित सैनिक खेल मैदानमा आजको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई र लगनखेलमा पुलिसले पश्चिमाञ्चललाई समान १२—० को अन्तरले हरायो ।

आर्मीको जितमा कृष्णा खत्री एक्लैले ७ गोल गरिन् । शर्मिला थापाले २ , दीपा राई, सपना लामा र अन्जली वाईवाले समान १ गोल गरे । कृष्णा वमन अफ दी म्याच घोषित भइन् । लगनखेलमा पुलिसलाई जित दिलाउन निर्मला विकेले ४ गोल गरिन् । निरु थापा र निर्मला उपाध्यायले समान २ तथा रुपा मगर, यशोदा लामा, विमला शेर्पा र सिर्जना खड्काले समान १ गोल गरे । निर्मला वमन अफ दी म्याच भइन् ।

क्वार्टरफाइनलमा आर्मीले भारतको सिक्किम तथा पुलिसले भारतको बिहारसँग प्रतिस्पधा गर्नेछ । दुवै खेल आइतबार हुनेछन् । सिक्किम र विहार दुवैले वाई पाएर अन्तिम आठमा प्रवेश पाएका थिए । नकआउटका आधारमा जारी प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागिय टोली र भारतका २ गरित १० टोलीको सहभागिता रहेको छ ।

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । प्रतियोगिता मंसिर ७ गते सकिनेछ ।

प्रधान सेनापति कपमा शनिबारको खेल
सुदुरपश्चिमाञ्चलविरुद्ध मध्यमाञ्चल
एपिएफविरुद्ध पूर्वाञ्चल

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.