8 years ago
November 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाइ एम्रीले नेयमारको सरुवातका विषयमा प्रतिक्रिया दिदै उनी कतै नजाने प्रष्ट पारेका छन् । पछिल्ला केहि साता नेयमार रियल म्याड्रिड जाने हल्ला व्यापक रुपमा चलेको छ ।
बार्सिलोनाबाट पिएसजी गएयताका दिनहरु ब्राजिलियन स्टारका लागि सहज रहेका छैनन् । लियोनसँगको खेलका क्रममा पेनाल्टी हान्ने विषयमा इडिन्सन काभानीसँगको विवादको चर्चा बारम्बार हुने गरेको छ । जसका कारण दुवै खेलाडी क्लबबाट अन्यत्र जान चाहेको हल्ला पनि बेला बखत चल्ने गरेको छ ।
रियलका कप्तान सर्जियो रामोसले पनि हालै नेयमारलाई क्लबमा हेर्न चाहेको बताएका थिए । ‘हामी उत्कृष्ट खेलाडी चाहन्छौं त्यसमा नेयमार एक हो’ रामोसले भनेका थिए, ‘मलाई लाग्छ उनी फरक खेलाडी हुन् र उनको आगमनले फरकपन आउनेछ । यो सबै उनमा निर्भर गर्छ । यदि उनी डिसेम्बरमा आए भने त्यो झन् राम्रो हुने छ । बार्सिलोनाबाट सिधै रियल म्याड्रिड आउनुभन्दा पहिले पिएसजी जाँदा उनलाई सहज भएको होला ।’
उता पिएसजीका प्रशिक्षक एम्रीले भने सबै अनुमानलाई गलत भन्दै उनी कतै नजानेमा जोड दिएका छन् । ‘हामीले उनलाई बार्सिलोनाबाट एउटा लक्ष्यका साथ लिएका हौं । क्लब र अध्यक्ष पनि उनी यहि बसेको हेर्न चाहन्छन् । उनी यहि बस्नेछन्’ एम्रीले भने, ‘मैले नेयमारसँग कुरा गरे । यो सबै हल्ला हो । हामी उनलाई सबै खाले सहयोग गर्न तयार छौं । ’
एम्रीले जस्तो दाबी गरेपनि नेयमार रियल जाने धेरै खाले अनुमान भने जारी छन् । क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने सम्भावना यथावत रहँदा रियलले उनको विकल्पका रुपमा नेयमार हेरिएको बताइन्छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]