8 years ago
November 18, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज ‘नर्थ लण्डन डर्बी’मा तालिकाको छैठौंमा रहेको आर्सनल तेस्रो स्थानको टोटनह्यामको सामना गर्दै छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार ६. १५ बजे सुरु हुने छ ।
आर्सनलका लागि स्ट्राइकर ओलिभर जिरुड घाइते रहेका छन् भने डिफेन्डर लोरेन्ट कोसियल्नी पनि सामान्य चोटिल छन् । त्यस्तै फरवार्डद्वय एलेक्ल इवोबि र ड्यानि वेलब्याक भने चोटबाट फर्किँदै छन् ।
टोटनह्यामका लागि भने मुख्य डिफेन्डर टोबि एल्डरवेरल्ड घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् । त्यस्तै डेले अल्ली र ह्यारी केन चोटिल थिए तर यस खेलमा भने आगमन गर्ने छन् । गोलकिपर ह्युगो लोरिस पनि चोटपछि फर्किँदै छन् ।
आर्सनलले आफ्ना पछिल्ला १० घरेलु खेलहरुमा जित दर्ता गरेको छ भने टोटनह्यामसँगको पछिल्ला ३ खेलमा बराबरी मात्र गर्न सकेको छ । टोटनह्यामले आफ्नो अघिल्ला ६ मध्ये ५ प्रिमियर लिग खेल जितेको छ । ११ खेलमा २३ अंकसहित टोटनह्याम तालिकाको तेस्रो स्थानमा रहेको छ भने आर्सनलको १९ अंक रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]