8 years ago
November 26, 2017
म्याड्रिड (एजेन्सी)– निर्णायक गोल गर्दै ला लिगामा रियल म्याड्रिडलाई जिताएपछिको रात सुपरस्टार क्रिस्टियानो रोनाल्डो प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ सहरकै निकै चहलपहल हुने ठाँउमा देखिएका छन् ।
रोनाल्डोले चार खेल देखिको गोल खडेरीलाई तोडेपछि घरेलु मैदानमा रियलले मालागामाथि ३–२ को जित हासिल गरेको थियो । टोलीका लागि महत्वपूर्ण गोल गरेपछि खुसीयाली साट्ने क्रममा देखिएका थिए । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै रोनाल्डोले लेखेका छन्,‘सहरकै उत्कृष्ट ठाँउ र उत्कृष्ट साथ’ ।
इन्स्टाग्राममा १ सय १६ मिलियन फलोवर रहेका रोनाल्डोले प्रेमिकासँगको तस्बिर राखेका हुन् । केही साताअघि मात्र रोड्रिग्वेजले छोरीलाई जन्म दिएकी थिइन् । उनको त्यो पहिलो सन्तान भएपनि रोनाल्डोको भने चौथो सन्तान हो ।
हिजोको गोल रोनाल्डोको ला लिगामा सिजनको दोस्रो गोल थियो । उनको कमजोर फर्मका कारण चिन्तत समर्थकले हिजोको गोलपछि राहत महसुस गरेका छन् । आफैले हानेको पेनाल्टी प्रहार असफल भएपनि रिबाउन्डमा आएको बलमा फिफा वर्ष खेलाडीले गोलमा परिणत गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]