8 years ago
November 27, 2017
भ्यालेन्सिया (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रोमा रहेको भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको छ । भ्यालेन्सियाका लागि रोड्रिगो मोरेनोले गोल गरेका थिए भने बार्सिलोनाका लागि जोर्डि अल्बाले गोल गरेका थिए ।
ला लिगाको शीर्ष स्थानमा रहेका दुई टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६० औं मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८२ औं मिनेटमा लियोनल मेस्सीको पासमा जोर्डि अल्बाले गोल गर्दै स्कोर १-१ बनाएका थिए ।
यस नतिजासँगै बार्सिलोना १३ खेलका ३५ अंकका साथ शीर्ष स्थानमा यथावत् छ । भ्यालेन्सियाको ३१ अंक छ भने एट्लेटिको म्याड्रिडको २७ अंक रहेको छ । साविक विजेता रियल म्याड्रिड भने २७ अंकसहित गोलअन्तरको आधारमा चौथोमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]