8 years ago
December 16, 2017
पोखरा (हाम्रो खेलकुद) – संगम कप फुटवल प्रतियोगिताको पहिलो दिन हेमजा युनाइटेड क्लब र आर टी सेन्टरले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हेमजाले काजिपोखरी एफसीले ४–१ ले हराएको थियो ।
हेमजाको जितमा ईश्वर नेपालीले २, सुमन सुनार र अस्मित कुवंरले समान १ गोल गरे । काजिपोखरीका लागि हेमन्त तामाङले गोल गरे । अर्को खेलमा आर टीले हिल प्वाईन्ट स्कुललाई २–० ले परााजित गर्यो । आर टीका लागि सौगात राना र प्रदीप परियारले गोल गरे ।
पुस ७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामाले रेफ्रि सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । प्रतियागितामा विभागिय एक टोली सशस्त्र प्रहरी वलको एपिएफ सहित २३ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार र दोस्रो हुने टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको, सहयोग गरेको सचिव शिव नेपालीले बताए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]