8 years ago
December 25, 2017
दिपक बोहोरा
पाँचथर– विर्ता युनाइटेड नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई आज ७–१ को फराकिलो अन्तरले हराउँदै विर्ता उपाधि जोगाउने क्रममा अझै एक कदम अघि बढेको छ । विर्ताको जितमा विशाल राईले ह्याट्रिक गरे भने, कर्ण लिम्बुले २ तथा हिसुब थपलिया र नरेन लिम्बुले समान १ गोल गरे ।
फिदिम माविको मैदानमा खेलको पाँचौं मिनेटमा विशालको गोलबाट विर्ताले अग्रता लिएको थियो । योगेश गुरुङको पासमा विशालले गोल गरेका थिए । १२ औं मिनेटमा फिदिमका मनीष थापाले गरेको प्रहार क्लियर गर्ने क्रममा दिलेन लोक्तानले आत्माघाती गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो । तर, १९ औं मिनेटमा निशान्त खड्काको पासमा कर्णले गोल गरेर पुनः अग्रता बढाए ।
२८ औ मिनेटमा विशालको पासमा हिसुबले गोल गरे । ३६ औं मिनेटमा विशाल अर्को गोल थपे । ६२ औं मिनेटमा विशालले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यसपटक ह्याट्रिकमा पुरा गर्ने विशाल पहिलो खेलाडी हुन् । ७२ औं मिनेटमा नरेनले फ्रिकिकमा गोल गरे । फिदिमका खेलाडीले डिबक्स छेउमा फाउल हानेपछि प्राप्त फ्रिकिकमा नरेनले गोल गरेका हुन् ।
कर्णले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । सुरुबाट नै दबाबमा परेको आयोजक फिदिम स्र्पोटिङ क्लबले खेलमा फकर्ने प्रयास निरन्तर गरे पनि प्रयास सफल भएन । फिदिमले केहि गोल गर्ने अबसरहरु गुमाएको थियो । विर्ताका विशाल म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
विपक्षी टोलीमा स्टार खेलाडी हुँदा आफ्नो टोलीले खुलेर खेल्न नसकेको फिदिमका महासचिव पासाङ लामाले बताए । झापाका कप्तान नरेनले मेहनतका साथ नतिजा आफ्नो पक्षमा पार्न सफल भएको र अझै अघि बढ्ने विश्वास व्यक्त गरे ।
फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।
फाल्गुनन्द गोल्ड कपमा मंगलबार हुने खेल
युके एफसी दार्जिलिङविरुद्ध अग्नी रुपन्देही ११
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]