8 years ago
December 25, 2017
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । आयोजक सु्दुरपश्चिम ११ स्पोर्टस क्लबले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई सातापछि सुरु हुने प्रतियोगिताको लागि तयारीमा जुटेको जानकारी गराए ।

प्रतियोगिता पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुँदैछ । प्रतियोगितालाई चौधरी गुप्रको नेपाल आईसले मुख्य प्रायोजन गरेको छ । सर्वाधिक धनराशिको गोल्डकपलाई भव्य रुपमा आयोजना गर्न विभिन्न उप-समितिहरु गठन गरिएको आयोजकले जनाएका छन् ।प्रतियोगिताको माध्यमले सुदुरपश्चिमको समग्र विकास तथा खेल पर्यटनको विकास गर्नका लागि अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन लागि परेको प्रतियोगिता संयोजक धुव्र भट्टराईले जानकारी दिए ।
धनगढी रंगशालामा पहिलो पटक प्रदेश नम्वर ७ मा कृत्रिम प्याराफिट बनाएर दर्शकहरुलाई खेल हेर्ने व्यवस्था मिलाउन पनि आयोजक टोली सक्रिय भएको उनले बताए । प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रयोजन पनि गरेको छ । अन्य प्रायोजकहरुको पनि खोजी भईरहेको सेमत आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
करिब एक करोड १० लाख खर्च हुने गोल्डकपमा देश र विदेशका गरी १२ वटा टिमको सहभागिता रहने छ । ए डिभिजनका क्लबहरु, तीनवटै विभागीय टीम र भुटानको एउटा विदेशी क्लव सहित आयोजकको प्रतियोगितामा सहभागिता रहनेछ ।
नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लब, अग्नि रुपन्देही ११, धरान फुटवल क्लब र आयोजक सुदूरपश्चिम ११ सहभागी हुनेछन् ।
त्यस्तै भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ । थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगिता मार्फत फर्कन लागेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले बताए । प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्षको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५-१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलेको ‘म्यान अफ दी म्याच’ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबका मिडिया संयोजक ओम चन्दले जानकारी दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]