8 years ago
December 26, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज सातौं स्थानमा रहेको बर्नलीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर क्रिस स्मलिङ घाइते भएका छन् । युनाइटेडका लागि एन्टोनियो भ्यालेन्सिया र एरिक बाई पनि घाइते नै छन् । डिफेन्डर मार्कोस रोहोले टोलीमा आगमन गर्ने देखिन्छ ।
बर्नलीका लागि पनि डिफेन्डर जेम्स टार्केवस्कि घाइते छन् । त्यस्तै अघिल्लो खेलमा मुख्य स्ट्राइकर क्रिस वुड पनि घाइते भएका थिए । बर्नलीले आफ्नो अघिल्लो खेलमा शनिबार टोटनह्यामसँग ३-० को पराजय भोगेको थियो ।
अर्को तर्फ युनाइटेड पनि लेस्टरसँग अन्तिम मिनेटमा गोल खाँदै बराबरीमा रोकिन पुग्यो । युनाइटेडले बर्नलीसँग आफ्ना पछिल्ला ५ खेलमा पराजय भोगेको छैन । घरेलु टोलीले आफ्नो सो लयलाई निरन्तरता दिन खोज्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]