default_image

8 years ago

December 26, 2017

प्रिमियर लिग बक्सिङ डे: चेल्सी ब्राइटको सामना गर्दै

123 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगको बक्सिङ डेको खेल अन्तर्गत आज तालिकाको तेस्रो स्थानमा रहेको चेल्सी ब्राइटनसँग भिड्दै छ । चेल्सीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८.४५ बजे सुरु हुने छ ।

Chelsea

क्रिस्मसको अर्को दिन अर्थात् बक्सिङ डेमा एभर्टनसँग खेलेको गोलरहित बराबरीलाई बिर्सँदै चेल्सीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राख्ने छ । ब्राइटनले भने वाटफोर्डमाथि १-० को महत्त्वपूर्ण जित दर्ता गरेको थियो ।

भ्रमणकारी टोली ब्राइटन सो लयलाई निरन्तरता दिन मैदानमा उत्रिने छ ।चेल्सीका लागि मुख्य स्ट्राइकर एल्भारो मोराटा प्रतिबन्धपछि टोलीमा फर्किने छन् । त्यस्तै सेस्क फ्याब्रिग्यास र ड्यानी ड्रिन्कवाटरले पनि टोलीमा स्थान बनाउने देखिन्छ । यस सिजन यी दुई बीच भएको भिडन्तमा ब्राइटनले ३-१ ले बाजी मारेको थियो ।

त्यस्तै आजको पहिलो खेल टोटनह्याम र साउथह्याम्पटन बीच ६.१५ बजे सुरु हुने छ । साउथह्याम्पटनका मुख्य स्ट्राइकर चार्ली अष्टिन घाइते भएका छन् । शनिबार बर्नलीलाई ३-० ले हराएको टोटनह्याम लयमा देखिएको छ ।

त्यस्तै आज राति लिभरपुलले स्वान्सीको सामना गर्ने छ । लिभरपुलले शुक्रबार आर्सनलसँग ३-३ को बराबरी खेलेको थियो । अंक तालिकाको पुछारमा रहेको स्वान्सी पनि क्रिस्टल प्यालेससँग १-१ को बराबरीम रोकिएको थियो ।

आज प्रिमियर लिगमा खेलिने अन्य खेलहरु:

बोर्नमथ विरुद्ध वेस्ट ह्याम – ८.४५ बजे

हडर्सफिल्ड विरुद्ध स्टोक सिटी – ८.४५ बजे

वाटफोर्ड विरुद्ध लेस्टर सिटी – ८.४५ बजे

वेस्ट ब्रोम विरुद्ध एभर्टन – ८.४५ बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.