8 years ago
December 27, 2017
म्याड्रिड (एजेन्सी)– फ्रान्सेली र आर्सनलका हस्ती थिएरी हेनरीले जिनेदिन जिदानलाई रियल म्याड्रिडले बर्खास्त गर्छ भन्ने चर्चा गर्नु हास्यास्पद भएको बताएका छन् । रियल शनिबार भएको एल क्लासिकोमा बार्सिलोनासँग ३–० को हार बेहोरेको थियो ।
त्यो हार पछि शीर्षस्थानको बार्सिलोना र चौथो स्थानको रियलबीच १४ अंकको अन्तर भएको छ । अब रियललाई ला लिगाको उपाधि रक्षा गर्न असम्भव जस्तै देखिएको छ । यसपटकको ला लिगामा रियलले राम्रो सुरुआत गर्न सकेको छैन । अंक तालिकाको चौथो स्थानमा रहेपनि केहि दिन अघि मात्र रियलले क्लब विश्व कपको उपाधि जितेको थियो ।
सन् १९९८ को विश्व कप र २००० मा युरो कप जित्दा जिदानसँगै फ्रान्सेली टोलीमा रहेका हेनरीले मान्छेहरुको स्मरणशक्ति कमजोर रहेको टिप्पणी गर्दै जिदानको उपलब्धीलाई बिर्सेकोमा गुनासो गरेका छन् । ‘जिदानले जे गरेका छन् । त्यसका वावजुद पनि उनी बर्खास्त हुन्छन् भन्नु मेरो लागि हास्यास्पद हो । अझै पनि चुनौति पेश गर्ने सम्भावना छ,’ उनले भने, ‘कमजोर प्रदर्शन हुँदा प्रश्न उठ्नु स्वभाविक हो । तर उनीले जे गरेका छन्, त्यो निकै ठूलो उपलब्धी हो ।’
समर्थकको अपेक्षा अनुसार अहिले रियलले खेल्न नसकेको स्वीकार्दै हेनरीले भने तर पनि टोलीले जिति रहेको छ । जिदानलाई प्रशिक्षणमा निपुण मानिन्छ । उनले थपे, ‘उनले लगातार च्याम्पियन्स लिग उपाधि दिलाएका छन् । अरु पनि सफलता प्राप्त गरेका छन् । अहिले लिगको आधा मात्र भएको छ । अहिले नै खराब गरे भन्ने समय भएको छैन ।’
४५ वर्षे जिदान फुटबल इतिहासका सफल फुटबल मध्येका एक मानिन्छन् । उनले रियल सम्हालेयता १ सय १६ खेलमा टोलीलाई ८४ खेल जिताएका छन् । अब उनको टोलीले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा नुमानसियाको सामना गर्दैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]