8 years ago
December 26, 2017
दिपक बोहोरा
पाँचथर– अग्नी रुपन्देही ११ फिदिममा जारी नवौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको खर्साङ फुटबल क्लब दार्जिलिङलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । अग्नी रुपन्देहीले फाइनल प्रवेशका लागि शुक्रबार सुनसनरी ११ को सामना गर्नेछ ।
रुपन्देहीको जितमा रजिन सुब्बाले २ र सुनिल खड्काले १ गोल गरे । १९ औं मिनेटमा सुनिलको गोलबाट रुपन्देहीले अग्रता लिएको थियो । खर्साङका गोलकिपर अगाडि बढेको अवस्थामा खाली पोष्टमा सुनिलले गोल गरेका थिए । रजिनले २९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारे । सुनिलको क्रसमा रजिनले हेडमार्फत गोल गरेका थिए ।
खेलको ३५ औं मिनेटमा खर्साङका प्रशान्त गुरुङले कर्नरबाट आएको बलमा गोल गर्दै अग्रतालाई कम गराए । तर ६३ औं मिनेटमा सुनिलले गोल गरेपछि रुपन्देही खेल जित्दै अघि बढेको थियो । पहिलो हाफमा प्राप्त केहि मौका गुमाउँदा पाहुना टोली पहिलो खेलबाट घर फर्केको छ ।
रुपन्देहीका कप्तान दीलिप क्षेत्रले खेल जिते पनि टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको बताए । खर्साङका प्रशिक्षक अबिन क्षेत्रीले अवसर सदुपयोग गर्न नसक्दा हार्नु परेको जनाए । रुपन्देहीका छिरिङ गुरुङ म्यान अफ दि म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
फिदिम स्पोर्टस क्लबले आयोजना गरेको फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।
फाल्गुनन्द गोल्डकपमा बुधबार हुने खेल
त्रिभुवन आर्मीविरुद्ध मोरङ ११
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]