8 years ago
December 26, 2017
लण्डन (एजेन्सी) – टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् । 
सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिलेसम्म कायम थियो । ह्यारी केनले आजको साउथह्याम्पटनसँगको खेलमा तीन गोल गर्दै यस वर्षका लागि प्रिमियर लिगमा आफ्नो गोल सङ्ख्या ३९ पुर्याएका हुन् ।
युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि केनले तोडेका छन् । यस वर्ष सबै प्रतियोगितामा केनको ५६ गोल छ । त्यस्तै लियोनल मेस्सीको ५४ गोल छ र उनी दोस्रो स्थानमा छन् र क्रिस्टियानो रोनाल्डोको यस वर्ष ५३ गोल रहेको छ ।
टोटनह्यामले साउथह्याम्पटनलाई ५-२ ले हराउँदै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । टोटनह्यामका लागि अन्य गोल सन हिउङ-मिन र डेले अल्लीले गरे भने सोफियन बुफक र डुसान टाडिचले पनि भ्रमणकारी टोलीका लागि गोल गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]