8 years ago
December 27, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड गए राति लिगमा बर्नलीसँग २-२ को स्कोरमा रोकिएको छ । यस नतिजासँगै अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी अब १५ अंकले अगाडि जाने मौका रहेको छ ।
पहिलो हाफमा दुई गोल गर्दै बर्नलीले घरेलु टोलीलाई दबाबमा राखेको थियो । एस्लि बार्न्सले खेलको तेस्रो मिनेटमा तथा स्टेफेन डेफोरले खेलको ३६ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर परिवर्तित खेलाडि जेसे लिन्गार्डले दुई गोल गर्दै युनाइटेडलाई १ अंक दिलाएका हुन् ।
त्यस्तै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले ब्राइटनलाई २-० ले हराउन सफल रह्यो । प्रतिबन्धबाट फर्केका स्ट्राइकर एल्भारो मोराटाले चेल्सीलाई अग्रता दिलाए भने मार्कोस अलोन्सोले चेल्सीको जित सुनिश्चित पारेका थिए ।
त्यस्तै अर्को बलियो टोली लिभरपुलले स्वान्सीलाई ५-० ले हराउन सफल रह्यो । लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई गोल तथा फिलिप कौटिन्हो, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड र एलेक्स अक्स्लेड चेम्बरलेनले एकएक गोल गरे ।
गए राति प्रिमियर लिगमा खेलिएका अन्य खेलहरु:
बर्नमोथ ३-३ वेष्ट ह्याम
हडर्सफिल्ड १-१ स्टोक सिटी
वाटफोर्ड २-१ लेस्टर
वेष्ट ब्रोम ०-० एभर्टन
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]