default_image

8 years ago

December 28, 2017

‘रियलमा जाने चर्चा विगत भइसक्यो’ – बाप्पे

83 views

0 Bookmark

पेरिस (एजेन्सी)– मोनाकोबाट लोनमा यो सिजनको सुरुआतमा स्ट्राइकर केलियन बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुग्नुअघि स्पेनिस क्लब रियल म्याड्रिडले उनी प्रति गम्भिर चासो देखाए पनि अब त्यहाँ जाने सम्भावना नरहेको बाप्पेले बताएका छन् ।

केलियन बाप्पे

नेयमार र इडिन्सन काभानीसँग निकै राम्रो तालमेल बनाएका १९ वर्षे बाप्पले पिएसजीमा उत्कृष्ट सुरुआत गरेका छन् । रियलका विषयमा थप प्रष्ट पार्दै उनले रियल कुनै बेला आफ्नो सपनाको क्लब रहेको र अब क्लबले पनि उनी प्रति चासो नराखेको बताएका छन् ।

स्पेनिस सञ्चारमाध्यम मार्सासँग कुराकानी गर्दै बाप्पेले पिएसजी जाने समयमा रियलसँग कुराकानी अघि बढेको उल्लेख गर्दै भनेका छन्, ‘हो रियल र हाम्राबीचमा छलफल भएको थियो । अहिले मेरा लागि रियल विगत भइसकेको छ । मैले नयाँ यात्रा सुरु गरेको छु र त्यसप्रति आशावादी छु ।’

बाप्पेतर्फको अहिले रुची नराखेपनि विभिन्न सञ्चारमाध्यमका अनुसार रियल सिजनको अन्त्यपछि नेयमारलाई भित्राउने योजनामा रहेको छ । तर, नेयमार रियल पुग्नका लागि धेरै खाले विषयहरु टुंगिनुपर्ने हुन्छ । बार्सिलोनाबाट पिएसजी पुगेपछि उच्च प्रदर्शन गरेपनि नेयमार क्लबमा सन्तुष्ट नरहेको बेला बेला सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बाप्पेको रियल नजाने निर्णयलाई आर्सनलका पूर्व महान खेलाडी रोर्बेट पिरेसले खुलेर समर्थन गरेका छन् । मलाई लाग्छ बाप्पेले जुन निर्णय लिए त्यो सहि छ । किनकी उनी फ्रान्समै रहन जुरुरी थियो, उनले भने, ‘उनी निकै युवा छन् । उनले पिएसजीमा रहेर आफुलाई अब्बल प्रमाणित गर्नुपर्दैछ । साच्चै त्यो सहि निर्णय थियो । ‘

पिरेसले अगाडि थपे, ‘मलाई थाहा छ रियल र त्यसका प्रशिक्षक जिनेदिन जिदान उनलाई लान चाहन्थे । हुन सक्छ कुनै दिन उनी त्यहाँ पुग्लान् पनि । तर म दोहोराएर भन्छु बाप्पे र उनको परिवारका लागि उनी फ्रान्समा रहनु महत्वपूर्ण थियो ।’

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.