default_image

8 years ago

December 27, 2017

आर्मी फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध

141 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– यो वर्ष अहिले सम्मको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लब नवौ रुस्लान फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । मोरङ ११ सँग आज टाइब्रेकरमा ४–२ ले पराजित हुँदै आर्मी पहिलो खेलबाट फर्केको छ । मोरङ भने सेमिफाइनल पुगेको छ ।

अब मोरङ फाइनल प्रवेशका लागि शुक्रबार साविक विजेता विर्ता युनाइटेडको सामना गर्नेछ । अग्नी रुपन्देही ११ र सुनसरी ११ पनि यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रकरमा भएको थियो ।

टाइब्रेकरमा मोरङका मिन धिमाल , बुद्धिमान राई , सुशिल राई र मिन्छेन तामाङले गोल गरे । आर्मीका एरिक बिष्ट र राजिब गुरुङ मात्र गोल गर्न सफल भए । राजन गुरुङको प्रहार पोष्ट बाहिर गयो भने सेसेहाङ लिम्बुको प्रहार बारमा लागेर फर्केको थियो ।

निर्धारित समयमा मोरङले खेलमा अग्रता लिएको थियो । सन्तोष न्यौपानेले ३५ औं मिनेटमा गोल गरेका थिए । उनले साइमन लिम्बुको क्रसमा गोल गरेका थिए । ५८ औं मिनेटमा आशिष शाक्यको गोलबाट आर्मी खेलमा फर्केको थियो । मोरङका सुरेन्द्र खवासले क्लियर गर्न नसकेको बलमा आशिषले गोल गरेका थिए ।

आर्मीले खेलमा पटक पटक अग्रता लिने अवसर गुमाएको थियो । १२ औं मिनेटमा अनिल कपुर थारु र ७२ औं मिनेटमा सेसेहाङ लिम्बुले गोल गर्न राम्रो चुकाए । मोरङका बुद्धिमानले पनि इन्जुरी समयमा गोलको अवसर पाएर पनि सदुपयो गर्न सकेनन् ।

मोरङका कप्तान सुरेन्द्र खवासले नतिजा आफ्नो पक्षमा परे पनि टोलीको प्रदर्शन सन्तोषजनक नरहेको बताए । मआमीृका प्रशिक्षक महेन्द्र खवासले फिदिम माविको मैदानमा टोलीको अनुभव कम भएकोले पनि खेल्न असहज भएको बताए । मोरङका सुशिल राई म्यान अफ दि म्यान अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले यो वर्ष ३ वटा नकआउट उपाधि जितिसकेको छ । वैशाखमा वीरगन्जमा विशाल स्मृति गोल्ड कप जितेको आर्मीले गत महिना एक साताको फरकमा सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको नाममा भने यो वर्ष दुईवटा नकआउट उपाधि छन् ।

नवौं संस्करणको फाल्गुन्दको विजेताले उपाधि सहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । म्यान अफ दि म्याच , उत्कृष्ट रक्षक , मिडफिल्डर , फरवार्डले समान १० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
फाल्गुनन्द गोल्ड कपमा बिहिकार पहिलो सेमिफाइनल
रुपन्देही ११ विरुद्ध सुनसरी ११

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.