default_image

8 years ago

December 27, 2017

शीर्षस्थानको सिटी न्युक्यासलको सामना गर्दै

99 views

0 Bookmark

न्युक्यासल (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला चाडवाडको अवसरका वावजुद पनि आफ्नो टोली परिस्थितिको सामना गर्ने सक्षम रहेको बताएका छन् । ग्वार्डिओलाको टोलीले प्रिमियर लिगमा आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ ।

यो खेल जित्न सके प्रिमियर लिगमा यो टोलीको लगातार १८ औं जिते हुनेछ । यसअघिका १९ खेलमा टोलीले १८ खेल जितेको थियो भने १ मा बराबरी गरेको थियो । शीर्ष स्थानको सिटीको ५५ अंक छ भने दोस्रोको म्यानचेस्टर युनाइटेडको ४३ अंक छ ।

ग्वार्डिओलाले आफ्नो टोलीमा कुनै थकाई नरहेको विश्वासका साथ घरेलु र युरोपियन फुटबलमा बलियो चुनौती पेश गर्ने बताएका छन् । टोलीको थकानका विषयमा प्रश्न गर्दा ग्वार्डिओलाले भने, ‘मलाई त्यस्तो लाग्दैछ । सायद थकान हुन्छ पनि होला तर, त्यसलाई व्यवस्थापन गर्न हामीसँग टोलीमा पर्याप्त खेलाडी छन् । ’

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.