8 years ago
December 28, 2017
लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ ।
जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो । यसले उनलाई विश्वको सबै भन्दा महंगो डिफेन्डर बनाउने छ ।
यसअघि म्यानचेस्टर सिटीले टोटेनह्यामबाट कायल वाल्करलाई किन्दा खर्चिएको ५४ मिलियन कुनै पनि डिफेन्डरमा लगानी गरिएको सबै भन्दा धेरै रकम थियो ।
‘लिभरपुलको खेलाडी बन्न पाउँदा गौरवान्वित महसुस गरेको छु । आज म र मेरो परिवारको लागि गर्वको दिन हो । विश्वको राम्रो क्लब मध्ये एकसँग आबद्ध हुन् पाउनु मेरो लागि खुशीको कुरा हो।’ , भ्यान डाइक ट्विटर मार्फत बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]