8 years ago
December 28, 2017
लण्डन (एजेन्सी) – चेल्सीका पूर्व खेलाडि रे विल्किन्सले टोटनह्यामका स्ट्राइकर ह्यारी केन अहिले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन् ।
साउथह्याम्पटनविरुद्ध ह्याट्रिकसहित केनले सन् २०१७ को सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडि बने । यस वर्ष कुल ५६ गोल गर्दै उनले मेस्सी (५४ गोल) र रोनाल्डो (५३ गोल) दुवैलाई पछि पारेका हुन् ।
त्यस्तै एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने एलेन शेयररको ३६ गोलको २२-वर्षे रेकर्ड पनि उनले तोडेका हुन् । यस क्यालेन्डर वर्षमा केनको ३९ प्रिमियर लिग गोल छ ।
स्काई स्पोर्ट्ससँगको अन्तरवार्तामा बोल्दै केन मेस्सी र रोनाल्डोकै स्तरमा रहेको विल्किन्सले बताए ।’प्रिमियर लिग जस्तो प्रतिस्पर्धात्मक लिग खेल्दै ५६ गोल गर्नु कुनै सानो कुरा होइन । जस्तो शेयरर खेलेको हेर्दा मज्जा लाग्थ्यो, अहिले केनको उत्साहले पनि उनलाई हेर्न त्यति नै मज्जा लाग्छ । ‘
उनको यस लयसँगै उनलाई रियल म्याड्रिडले अर्को सिजन भित्राउने हल्ला पनि बजारमा चल्न थालेको छ । हाल टोटनह्याम प्रिमियर लिगको छैटौं स्थानमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]