8 years ago
December 28, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका मिडफिल्डर इस्को केही समयदेखि म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लबका नजरमा छन् । सिजनको सुरुआतमा सिटीसँग जोडिएका इस्कोले क्लबसँग थप ६ वर्षे सम्झौता नवीकरण गरेपनि क्रिस्टियानो रोनाल्डोको कारण स्पेनिस मिडफिल्डर रियल छोड्ने सम्भावना बढेको स्पेनिस सञ्चारमाध्यम डायरी गोलले जनाएको छ ।
बार्सिलोनासँगको ३-० को पराजयमा बेन्चमै सीमित रहेका इस्को रोनाल्डोले जिदानलाई दिएको सुझावका कारण खेल्ने अवसर नपाएको डायरी गोलले जनाएको हो । इस्कोले यो सिजन ला लिगामा रियलको १६ खेल मध्ये १५ खेलमा अवसर पाए पनि निकै महत्व बोकेको ‘एल क्लासिको’मा खेल्न नपाउनु उनको लागि निराशजनक थियो । उनले १५ मध्ये १३ खेलमा सुरुआत गरेका हुन् ।
एल क्लासिको पछि इस्कोले आफैँ खेल्न नचाहेको हल्लाहरु ट्विटरमा चल्न थालेपछि उनले ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिएका थिए । ‘वाइयात कुराहरु छाड्नुहोस्, मैले खेल्ने अवसर नपाउने मैले चाल पाएको थिए । ‘
विश्व कप नजिकिँदै गर्दा इस्कोले स्पेनिस टोलीमा स्थान बनाउन आफुलाई प्रमाणित गर्न जरुरी छ । नियमित खेल समयको खोजिमा रहने इस्कोले प्रतिस्पर्धात्मक खेलहरुमा खेल्न नपाउनु सिटी लगायत अन्य क्लबले अवसरको रुपमा हेर्न सक्छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]